Dharan,Sunsari Nepal      
     

News & Events

Get updated with recent news & events

Opening Ceremony Events

धरानमा एकपछि अर्को होटल थपिँदो छ । धरानमा अर्को होटल सञ्चालनमा आएको छ । होटल धरान किचन प्रालि नामको होटल सञ्चालनमा आएको हो ।
धरानमा नाम कमाइसकेको र स्वाद चखाइसकेको धरान किचनले व्यवस्थित होटल पनि सञ्चालनमा ल्याएको हो ।
धरान–१५ बगरगाछी मास्तिर (बजाज शोरुमको अगाडि दशरथ छिर्ने बाटोमा) दशरथमार्गमा धरान किचनका सञ्चालक कृष्ण पाठकले होटल सञ्चालनमा ल्याएका हुन् ।
होटलमा दुई करोड रुपैयाँ लगानी भएको उनले जानकारी दिए । ‘भिआइपी, डिलक्स, स्टेण्डर्ड र नर्मल गरी चार किसिमको एसी कोठासहितको होटल सञ्चालनमा ल्याएका हौं’, उनले भने, ‘हाल १९ वटा कोठा उपलब्ध छन् ।’
विवाह, पार्टी, सेमिनार, गोष्ठीका लागि पनि छुट्टै रुम रहेको उनले जानकारी दिए । उनले अब धरानमा स्तरीय होटल खोज्दै इटहरी, विराटनगर जानु नपर्ने बताएका छन् ।
धरान शहर पर्यटकीय हिसाबले समेत उपयुक्त भएपनि स्तरीय होटल नभएको भन्दै पर्यटक इटहरी, विराटनगर कि त भेडेटार पुग्नुपर्ने बाध्यता थियो । शान्त वातावरण, सही लोकेसनमा रहेकोले पनि होटल चल्ने उनको दावी छ । ‘भारतीय पर्यटक, विदेशी कुटनीतिक नियोग, भीआइपी व्यक्तिहरु आउँदा पनि अब धरानमा समस्या पर्दैन’, उनले भने, ‘अब लगभग लगभग धरानमा स्तरीय होटल खुलिसकेका छन्, त्यसमा यो पनि पर्छ ।’
आधुनिक डिजाइनका कोठा, राम्रो स्पेस भएको वासरुम र होटलमा पाइने अन्य कम्फर्टका कुरासमेत आफ्नो होटलमा हुने उनले जानकारी दिए । ‘हामीले हस्पिटालिटी र सेवामा कुनै कन्जुस्याइँ गर्दैनौं’, उनले भने, ‘पहिला पनि धरान किचनका सेवासुविधा साथै परिकार अधिकांशले चाखिसकेको हुनुपर्छ ।’
उनले सो होटलमा फेमिली रेष्टुरेण्ट र बार, सेकुवा कर्न र थकाली भान्सा चखाउने जानकारी दिए । उनले ओपनिङको अवसरमा फुडमा २० प्रतिशत, ड्रिङक्समा १० र रुममा ३० प्रतिशत छुटको व्यवस्था रहेको जानकारी दिए ।
उनले त्यहाँ टुर प्याकेज, धरान किचनका मेम्बरलाई डिस्काउण्ट, ५०० माथिको पार्टीमा विशेष छुट रहेको पनि सुनाए ।
यसअघि धरान–२ भानुचोकमा धरान किचन सञ्चालनमा ल्याएका थिए । त्यहाँ खुब चलेपछि उनले फेरि धरान–८ बरगाछीमा धरान किचन सेकुवा कर्नर सञ्चालनमा ल्याएका थिए ।


Others Events

Grand Opening,

Please join us to celebrate the opening ceremony of Hotel Dharan Kitchen from 10th magh 2077 to 20th...

Readmore

धरानमा एकपछि अर्को होटल थपिँदो छ । धरानमा अर्को होटल सञ्चालनमा आएको छ । होटल धरान किचन प्रालि नामको होटल सञ्चालनमा आएको हो ।
धरानमा नाम कमाइ...

Readmore